aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

मुक्तिनाथ विकास बैंकले साढे १८ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
मुक्तिनाथ विकास बैंकले साढे १८ प्रतिशत लाभांश दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १८ दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १७ दशमलव ६० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) प्रस्ताव गरेको हो । 
बैंकले २० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात कायम हुने ३ अर्ब ६७ करोड चुक्ता पुँजीको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस