aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

वोमी लघुवित्तको नाफा ६९ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
वोमी लघुवित्तको नाफा ६९ प्रतिशतले बढ्यो

काठमाडौं । नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ वोमी लघुवित्तको चालू आवको पहिलो त्रैमासमा ६९ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले पहिलो त्रैमासमा १ करोड ८३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिमा १ करोड ८ लाख थियो ।
पहिलो त्रैमासमा कम्पनीको चुक्ता पुँजी ९३ प्रतिशतले वृद्धि भई १९ करोड ५९ लाख पुगेको छ । त्यस्तै रिजर्भ कोषमा १५ करोड १८ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी ३७ दशमलव ५५, मूल्य आम्दानी अनुपात ४ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ७७ दशमलव ४९ छ ।
कम्पनीले ३५ जिल्लामा ४९ वटा शाखा कार्यलयमार्फत ३४ हजार ७ सय ९७ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस