
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८४ प्रतिशतले नाफा बढाएको छ । गत वर्षको पहिलो त्रैमासमा २४ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको यस कम्पनीले यस वर्ष सोही अवधिमा ४५ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष सञ्चालन मुनाफा ५७ प्रतिशतले बढेको छ । गत वर्ष ३८ लाख ९३ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष ६१ लाख १४ हजार रुपैयाँ छ ।
पहिलो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ४ दशमलव ५ प्रतिशत बोनस शेयर दिएको थियो । यस वर्ष भने ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
पहिलो त्रैमाससम्म जगेडा कोषमा २ करोड ५८ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीले त्यस अवधिमा गत वर्षभन्दा यस वर्ष ७० प्रतिशत बढी ३१ करोड १ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७५ प्रतिशत बढी १ अर्ब १२ करोड ७८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा २ दशमलव १६ प्रतिशत रहेको यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ०२ र प्रतिशेयर नेटवर्थ १२२ दशमलव ६५ रुपैयाँ रहेको छ ।
राष्ट्रिय स्तरको यस संस्थाले संख्यात्मक भन्दा गुणात्मक बृद्धिलाई आफ्नो प्रमुख लक्ष्यका रुपमा अगाडी सारेको छ । फलस्वरुप हालसम्म ४७ वटा शाखा कार्यालयहरु मार्फत ग्राहक सदस्यहरुलाई गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ । थप शाखाहरु विस्तार गर्दै अघि बढ्ने लक्ष्य कम्पनीको छ ।
प्रतिक्रिया दिनुहोस