
काठमाडौं । हकप्रद र बोनस शेयर मार्फत १३० प्रतिशत चुक्तापूँजी बढाएको आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा ३३९ प्रतिशत बृद्धि गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ३४ लाख ५१ हजार रुपैयाँ खुद नाफा गरेको हो । यो नाफा गत वर्षको सोही अवधिमा ७६ लाख १९ हजार रुपैयाँ थियो । गत वर्षको पहिलो त्रैमासमा ११ करोड ४ लाख ५७ हजार रुपैयाँ रहेको चुक्तापूँजी यस वर्षको पहिलो त्रैमाससम्मा २५ करोड ३९ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षभन्दा सञ्चालन मुनाफा ३६५ प्रतिशत बृद्धि भएको छ । सञ्चालन मुनाफा १ करोड १३ लाख ७ हजार रुपैयाँदेखि वृद्धि भई ५ करोड २५ लाख ६६ हजार रुपैयाँ पुगेको हो । जगेडा कोष रकम पनि १३० प्रतिशत बढेर ९ करोड १० लाख ३४ हजार रुपैयाँ पुगेको छ । पहिलो त्रैमासमा गत वर्षभन्दा १३२ प्रतिशत बढी १ अर्ब ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १३४ प्रतिशत बढी १ अर्ब ६३ करोड ५८ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ५४ प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी वार्षिक ५२ दशमलव ७० रुपँयाँ रहेको छ ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस संस्थाले असोज मसान्तसम्ममा ४६ जिल्लाहरुमा ६८ वटा शाखा कार्यालयहरु स्थापना गरी ८६ हजार २०१ जना सदस्यहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस