
काठमाडौं । चालू आवको तिन महिनामा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको नाफा ५८ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कम्पनीले ४ करोड २० लाख रुपैयाँ कमाएको हो । गत आवको पहिलो त्रैमासमा २ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ छ । रिर्जभ कोषमा १७ करोड २९ लाखरुपैयाँ छुट्याएको छ । प्रतिशेयर आम्दानी ६२ दशमलव ४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५ दशमलव ६० र प्रतिशेयर नेटवर्थ १ सय ६५ दशमलव ५२ रुपैयाँ छ । हाल सम्ममा कम्पनीले ५० वटा शाखा कार्यलय मार्फत ८२ हजार विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस