
काठमाडौं । मर्जरको विशेष प्रस्ताव लिएर कालिका लघुवित्त र जनसेवी लघुवित्तले छुटाछुटै विशेष साधारण सभा बोलाएका छन् । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा कात्तिक २५ गते द जङल रेस्टुरेण्टको सभाहलमा आयोजना गरेको छ । जनसेवी लघुवित्तले भने होटल वेञ्जुको सभाहल कुस्मामा शेयरधनीहरुलाई बोलाएको छ । कम्पनीहरुको संयुक्त मर्जर समितिबाट शेयर स्वाप रेशियो १ बराबर १ लाई सभाले अनुमोदन गर्ने छ ।
कम्पनीले शेयरधनीहरुलाई बिहान ११ बजे कालिका लघुवित्त र जनसेवी लघुवित्त एक आपसमा गाभिएपछि जनकालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार गर्न प्रस्ताव पारित गर्न बोलाएको हो ।
सभाले मर्जरको लागि दुबै कम्पनीको सम्पती मुल्याकंन गर्ने, सम्झौतापत्रमा हस्ताक्षर गर्ने, गाभिएपछि गठन हुने संचालक समितिमा यस लघुवित्तबाट प्रतिनिधि संचालक तोक्ने, जनसेवीबाट भयन भएका संचालकको पदस्थापना तथा अनुमोदन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।
साविका रहेका संचालक समितिको सदस्यहरुको कार्यकाल जतिसुकै बाँकी रहेपनि मर्जर गठन सम्पन्न भएपपछि बाँकी रहेको कार्याकाल स्वतः समाप्त हुने भएकाले नँया संचालको कार्याकाल मर्जरपछिको वार्षिक तथा विशेष साधारण सभा नभएसम्म मात्र कायम रहने प्रस्ताव पारित सभाले गर्नेछ । मर्जर प्रक्रियाको लागि कालि लघुवित्तको शेयर कारोबार जेठ ५ गतेदेखि रोक्का रहेको छ । सो मितिसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस