aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

आरएमडीसी लघुवित्तले कमायो ७ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
आरएमडीसी लघुवित्तले कमायो ७ करोडभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३५ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको पहिलो त्रैमासमा  ७ करोड ९ लाख ७१ हजार रुपैयाँ थियो । हाल कम्पनीको चुक्तापूँजी  ७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ  कायम भएको छ । सोही पूँजीको आधारमा कम्पनीले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १२ दशमलव ५ प्रतिशत बोनस र १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न कम्पनीले प्रस्ताव गरेको हो । पहिलो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष रकम  १ अर्ब ६८ करोड ७५ लाख २ हजार रुपैयाँ  रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा २४ प्रतिशत बढेको हो । 

पहिलो त्रैमासमा कम्पनीले गत वर्षभन्दा १३ दशमलव ५७ प्रतिशत बढी  ८ अर्ब ११ करोड ७८ लाख ६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा शून्य रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक  ३६ दशमलव ७८रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ३११ दशमलव १० रहेको छ । आगामी त्रैमासमा थप संस्थाहरुमा लगानी विस्तार गर्ने योजना रहेको यस कम्पनीले यस त्रैमासमा ८५ करोड ३५ लाख ५५ हजार रुपैयाँ लगानी गरेको छ । गत वर्ष यो रकम  ८१ करोड ६८ लाख १ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस