
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (Samudayik laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ७९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३० दशमलव ६१ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा नाफा १ करोड ३७ लाख रुपैयाँ कमाएको थियो ।
१० करोड रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा ४ करोड ८९ लाख रुपैयाँ छुटाएको छ ।
लघुवित्तले निक्षेपमा ३३ करोड ८ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा २५ दशमलव २७ प्रतिशतले वृद्धि गरी ८९ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ ।
लघुवित्तको खुद व्याज आम्दानीमा १५ दशमलव २१ प्रतिशतले वृद्धि गरी ५ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी २ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको जोखिम युक्त सम्पत्ति १५ दशमलव ३७ प्रतिशत रहेको छ भने निष्कृय कर्जा १ दशमलव ४० प्रतिशत रहेको छ ।
जसको प्रति शेयर आम्दानी वार्षिक २३ दशमलव ९४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २७ दशमलव १६ गुणा, प्रतिशेयर नेटवर्थ १४८ दशमलव ९६ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ६५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस