aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गोर्खाज फाइनान्सको मुनाफामा १२ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६
गोर्खाज फाइनान्सको मुनाफामा १२ प्रतिशतले वृद्धि

गोर्खाज फाइनान्स लिमिटेड (Gurkhas Finance Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ६ करोड ३५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १२ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा नाफा ५१ लाख रुपैयाँ कमाएको थियो ।

८६ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा ३५ करोड २० लाख रुपैयाँ छुटाएको छ ।

फाइनान्सले निक्षेपमा ५ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ संकलन गरी कर्जामा ५ अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ ।

फाइनान्सको खुद व्याज आम्दानीमा १२ दशमलव ७८ प्रतिशतले घटेर ११ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको सोहिअवधिमा संचालन नाफा ९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

फाइनान्सको जोखिम युक्त सम्पत्ति १८ दशमलव २६ प्रतिशत रहेको छ भने निष्कृय कर्जा ४ दशमलव ८९ प्रतिशत रहेको छ ।

फाइनान्सको प्रति शेयर आम्दानी वार्षिक ९ दशमलव ७६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ११ दशमलव ३७ गुणा, प्रतिशेयर नेटवर्थ १४० दशमलव ५६ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ३० प्रतिशत रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस