
काठमाडौं । तिहारको विदाको दिनमा पनि बाणिज्य बैंक र विकास बैंकले आफ्ना ग्राहकलाई वित्तीय स’विधा उपलब्ध गराउन शाखा कार्यालयहरु खुला राखेका छन् । कात्तिक ९,१०,११,१२ र १३ गते सार्वजनिक विदा परेकाले बैंकहरुले आफ्ना शाखा खुला राखि सेवा दिने भनि सूचना प्रकाशित गरेका छन् ।
शाखा खुला राख्ने बैकहरुमा मेगा, ग्लोबल, कुमारी कृषि विकास, सिद्धार्थ,एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड, सिभिल, संग्रिला डेभलपमेन्ट बैंक लगायतका बैंकले विभिन्न स्थानका शाखा कार्यालय खुला रहने जनाएका छन् ।
विदामा कृषि विकास बैंकले देशका विभिन्न जिल्लाका ३० वटा शाखाहरु मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सुविधा उपलब्ध गराउने भएको छ । जसमध्ये बैंकको २७ वटा शाखा कार्यालयहरु कात्तिक १०, ११ र १३ गते दुई दिन खुल्ला रहने भएका छन् भने ३ वटा शाखाहरु भने तोकिएका दिनहरुमा मात्र खुला हुनेछन् ।
कुमारी बैंकले तिहार विदामा आफ्नो ५ वटा शाखा कार्यालयहरु खुला गरेर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकले उक्तमध्ये दुई शाखा कार्तिक १० र ११ गते खोल्नेछ भो बाँकी ३ शाखा कार्यालय कार्तिक १० गते मात्र खुल्ला रहने छ ।
त्यस्तै, सिद्धार्थ बैंकले बैंकले तिहार विदामा कूल १४ वटा शाखाहरु मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सुविधा उपलब्ध गराउने भएको छ ।े बैंकको उपत्यका भित्रको ४ र उपत्यका बाहिरको १० शाखा कार्यालय खुला रहेका छन् ।
एनएमबी बैंकले काठमाण्डौं उपत्यका भित्र र बाहिर गरी तिहार विदामा आफ्नो पाँच शाखा कार्यलयमार्फत बैंकिङ्ग सुविधा प्रदान गर्ने भएको छ। विदाको समयमा खुलेका शाखा मार्फत २ लाख रुपैयाँसम्म नगद जम्मा र चेक सटही सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले तिहार विदामा ४ वटा शाखा कार्यालय खोल्ने भएको छ । स्ट्यान्डर्डले काठमाण्डौं उपत्यका भित्र र उपत्यका बाहिर गरि ४ वटा शाखा कार्यालयहरु कार्तिक ११ गते एक दिन खुल्ला गर्ने भएको हो ।
ग्लोबल आइएमई बेंकले तिहार विदामा १० वटा शाखा कार्यलय खुल्ला राख्ने भएको छ। बैंकले काठमाण्डौ उपत्यका भित्र ४ वटा र उपत्यका बाहीर ६ वटा गरी कूल १० वटा शाखा कार्यालय खोल्ने भएको हो ।
सिभिल बैंकले तिहार विदामा आफ्नो १३ वटा शाखा कार्यालय खोली वित्तीय सेवा प्रदान गर्ने भएको छ । बैंकको कार्तिक १०देखि १३ वटा शाखा कार्यालय खुल्ला रहने छन् भने कार्तिक ९ गते एक शाखा र कार्तिक ११ गते ६ वटा शाखा कार्यलयहरु खुल्ला रहने बैंकले जनाएको छ ।
मेगा बैंकले तिहार विदामा काठमाण्डौ उपत्यका भित्र र बाहिर गरी २४ वटा शाखा कार्यालय खोली वित्तीय सेवा प्रदान गर्ने भएको छ । बैंकका शाखाहरु ११ बजेदेखि २ बजेसम्म र २ बजेदेखि ५ बजेसम्म खुल्ला गर्ने भएको हो ।
तिहार विदामा सांग्रिला डेभलपमेन्ट बैंकको १३ वटा शाखा कार्यालयहरु खुल्ला रहने भएका छन्। बैंकको ८ वटा शाखा कार्यालय कार्तिक १० र ११ गते नै खुल्नेछन् भने बाँकी शाखा कार्यालय भने तोकिएको दिनमा मात्र खुल्ला रहने छन् ।
त्यस्तै बैंक अफ काठमाडौंले १० वटा शाखा कार्यालयबाट विदाको दिन सेवा दिईरहेको छ । बैंकले कात्तिक ९,१०,११,१२ र १३ नै देशका विभिन्न स्थानका शाखा कार्यालयहरु खुला राखेर सेवा दिइरहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस