aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

मेगा बैंकका आजसम्मका शेयरधनीले नगद लाभांश पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
मेगा बैंकका आजसम्मका शेयरधनीले नगद लाभांश पाउने

काठमाडौं । मेगा बैंक नेपालले प्रस्ताव गरेको ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पाउन कात्तिक १४ गते बिहीबारसम्म शेयर कायम गर्नुपर्ने भएको छ । बैंकले लाभांश पारितका लागि कात्तिक २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कात्तिक १५ गतेदेखि बुक क्लोज गर्न लागेकाले कात्तिक १४ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
गत वर्ष बैंकले १ अर्ब ७१ करोडभन्दा बढी खुद नाफा गरेको थियो । त्यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ३५ करोडभन्दा बढी थियो । प्रतिशेयर आम्दानी १६ दशमलव ५५ रुपैयाँ रहेको यस बैंकको चुक्तापूँजी  १० अर्ब ३८ करोड ८६ लाख २१ हजार छ । गत वर्ष यस बैंकले ६ दशमलव ८५ प्रतिशत नगद लाभांश र १ दशमलव ०००२३३ प्रतिशत बोनस शेयर दिएको थियो । गत वर्षभन्दा यस वर्ष मेगाको लाभांश बढेको छ ।

प्रतिक्रिया दिनुहोस