
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करको लागि शून्य दशमलव ६३२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले १ बराबर १ दशमलव ५ अनुपातमा हकप्रद शेयर बाँडफाँड भएपछि कायम हुने चुक्ता पुँजीको आधारमा लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको वोनस हकप्रद शेयर भर्नेले पनि पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पँुजी रू. १६ करोड २० लाख ६ हजार छ । कम्पनीको १५० प्रतिशत हकप्रद वितरणपछि चुक्ता पँुजी रू. ४० करोड ५० लाख १५ हजार पुग्नेछ । सो को आधारमा १२ प्रतिशत वोनस शेयर वितरण गर्दा चुक्ता पूँजी रू. ४५ करोड ३६ लाख १७ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस