aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

एनआइबिएल म्युचुअल फन्डको लगानी करिब ५२ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
एनआइबिएल म्युचुअल फन्डको लगानी करिब ५२ करोड

काठमाडौं । एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित  एनआइबिएल प्रगति फन्डको असोज मसान्तसम्ममा सूचीकृत शेयरमा लगानी ५१ करोड ८७ लाख रहेको छ । यो लगानी भदौ मसान्तसम्ममा  ५२ करोड ५१ लाख थियो । भदौ मसान्तसम्ममा  ७ दशमलव ६७ रहेको प्रतिइकाई खुद सम्पत्तिको मूल्य असोज मसान्तमा  ७ दशमलव ६३ छ । प्राप्त भइसकेको आम्दानी  ५३ लाख २८ हजार छ भने प्राप्त भइनसकेको आम्दानी  ५ करोड ५ लाख छ । असोज मसान्तसम्ममा आईपीओ, हकप्रद शेयर र बोनस शेयर गरेर ३५ लाख ८३ हजार लगानी रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस