aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

सामुदायिक लघुवित्तको बोनस संशोधन, हकप्रद दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
सामुदायिक लघुवित्तको बोनस संशोधन, हकप्रद दिँदै

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीले गत आवको नाफाबाट बोनससहित कर प्रयोजनको लागि १ दशमलव ८१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 
यसअघि कम्पनीको भदौ १० गते बसेको संचालक समितिको बैठकले ३४ दशमलव ४५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको थियो । कम्पनीको वित्तीय विवरण संशोधन भएपछि नेपाल राष्ट्र बैंकले बोनस शेयर घटाउन  निर्देशन दिएको कम्पनीले जानकारी गराएको छ । 
त्यस्तै कम्पनीले पँुजी वृद्धिका लागि २ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव राखेको छ । 
हाल कम्पनीको चुक्तापँुजी १० करोड रहेको छ । कम्पनीको प्रस्तावित बोनस शेयर वितरणपछि पँुजी १३ करोड २० लाख रुपैयाँ पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस