aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चालूको तेस्रो त्रैमाससम्म ३६ लघुवित्तको स्थिति यस्तो देखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६
चालूको तेस्रो त्रैमाससम्म ३६ लघुवित्तको स्थिति यस्तो देखियो

काठमाडौं, वैशाख १९ । यतिखेर विभिन्न कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण धमाधम प्रकाशित गरिरहेका छन् । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सञ्चालित लघुवित्त कम्पनीहरुको संख्या ८२ वटा रहेको छ ।
जसमध्ये ३६ वटा लघुवित्त कम्पनीहरु चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

तेस्रो त्रैमाससम्मको स्थितिलाई हेर्दा हरेक कम्पनीहरुले आफ्नो नाफा बढाएका छन् । ३६ वटा लघुवित्त कम्पनीमा सबैभन्दा बढी चुक्ता पुँजी निर्धन उत्थान बैंकको रहेको छ । जसको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । जसले यस तेस्रो त्रैमासमा खुद मुनाफा ५२ करोड ७५ रुपैयाँ गरेको छ । गत वर्षको तुलनामा यस कम्पनीले ३२ दशमलव १८ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै अर्को १ अर्ब चुक्ता पुँजी पुर्याउने छिमेक लघुवित्त रहेको छ । 

यीमध्ये सबैभन्दा कम चुक्ता पुँजी स्वाभिमान लघुवित्त कम्पनी रहेको छ । जसको चुक्ता पुँजी ४ करोड ५५ लाख रुपैयाँ रहेको छ । यस कम्पनीले वैशाख २७ गतेदेखि १ लाख ८५ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ ।

खुद मुनाफा शीर्षकमा सबैभन्दा बढी कमाउनेमा छिमेक लघुवित्तको रहेको छ । जसको खुद मुनाफा ६४ करोड ३० लाख रुपैयाँ कमाएको छ । गत वर्षको तुलनामा यस कम्पनीले ७९ दशमलव ५२ प्रतिशतले वृद्धि गरेको छ ।

सबैभन्दा कम नाफा मनकामना लघुवित्तले जम्मा २४ लाख रुपैयाँ मात्र कमाएको छ । गत वर्षको यस कम्पनीको २० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा नाफा अत्याधिक बढाउनेमा आशा लघुवित्त कम्पनी  रहेको छ । जसले यस त्रैमासमा १ करोड  ४५ लाख रुपैयाँ कमाएको छ । गत गत वर्षको सोहीअवधिमा नाफा जम्मा ४ हजार रुपैयाँ कमाएको थियो । जसले ३६ सय गुणाले वृद्धि गरेको छ ।

३६ वटा कम्पनीकामा २७ वटा कम्पनीले नाफा कमाएको छ भने ७ वटा कम्पनीको भने नाफा वृद्धि गरेको छ । गत वर्ष यो कम्पनी नोक्सानमा रहेको थियो । त्यस्तै २ वटा कम्पनीले भने अघिल्लो वर्ष वित्तीय विवरण प्रकाशित गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस