
काठमाडौं । माछापुच्छ्रे बैंकका नयाँ सञ्चालक नियुक्त भएका छन् । बैंकको कात्तिक ८ गने बसेको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो । नवनियुक्त संचालक सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो अनुभव रहेको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंक पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४१ वटा शाखाहरु, १३१ शाखा रहित बैकिङ्ग सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७३ स्थानमा रहेका सेवा सञ्जाल तथा १६५ वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
प्रतिक्रिया दिनुहोस