
काठमाडौं । चालू आवको तिन महिनामा आशा लघुवित्त वित्तीय संस्थाले नाफामा २ सय ६६ प्रतिशतले वृद्धि गरेको छ । सस्थाल ९८ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । सो अवधिमा कम्पनीले २६ लाख ७७ हजार नाफा कमाएको थियो । चालू आवको असोज मसान्त सम्ममा कम्पनीले ९४ लाख ८३ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएकाले नाफा बढेको हो ।
कम्पनीको चुक्ता पूँजी २३ करोड २२ लाख रुपैयाँ छ । रिर्जभ कोषमा ४ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ । सम्भावित जोखिम बापतको व्यबस्थामा कम्पनीले १ करोड ७८ लाख रुपैयाँ छुट्याएको छ । प्रतिशेयर आम्दानी १६ दशमलव ९०रुपैयाँ, मूल्य आम्दानी अनुपात २२ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ १ सय १९ दशमलव ९७रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस