
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा बसन्त बहादुर शाक्य नियुक्त भएका छन् । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितीको बैठकले शाक्यलाई नियुक्त गरेको हो ।
उनको कार्यकाल आगामी ४ वर्षको लागि रहनेछ । साथै अन्य व्यबस्था नभएसम्मको लागि शाक्यलाई नै कम्पनी सचिवको जिम्मेवारी समेत दिने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस