
काठमाडौं । मर्जर प्रक्रियामा रहेको जनशेवी लघुवित्तको नाफा चालू आवको पहिलो त्रैमासमा ३ गुणा वृद्धि भएको छ । कम्पनीले ६३ लाख ११ हजार रुपैयाँ नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा २० लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
पहिलो त्रैमासमा कम्पनीको सञ्चालक नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । यस कम्पनी कालिका लघुवित्त सँग मर्जर प्रक्रियामा रहेको छ । कम्पनीले गत बैशाखमा आइपिओ निष्कासन गरेको थियो । मर्जर प्रक्रियामा रहेकाले हाल दोस्रो बजारमा शेयर कारोबार भएको छैन । कम्पनीको चुक्ता पूँजी १४ करोड ४३ लाख रुपैयाँ छ ।
रिर्जभ कोषमा २ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीले पहिलो त्रैमाससम्ममा २१ करोड ३० लाख रुपैयाँ निक्षेप संलकन गरेको छ भने ६९ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
प्रतिक्रिया दिनुहोस