
काठमाडौं । बैंकको हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब अठहत्तर करोड त्रियासी लाख सतसट्ठी हजार नौ सय छयानब्बे अठहत्तर पैसाको १७ प्रतिशतले हुन आउने लाभांश रकम सतचालिस करोड चालिस लाख बाईस हजार पाच सय उनान्साठी पैतालिस पैसा मध्ये १६ दशमलव १५ प्रतिशतले हुने रकम पैंतालिस करोड तीन लाख एक्काईस हजार चार सय एकतीस रुपैयाँ अड्चालिस पैसा बराबरको बोनश शेयर र उक्त बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि चक्ता पुँजीको शुन्य दशमलव ८५ प्रतिशतले हुन आउने रकम दुई करोड सैंतीस लाख एक हजार एक सय सत्ताईस रुपैयाँ सन्तानब्बे पैसा नगद लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको छ ।
विकास बैंकको मिति २०७६ कार्तिक १४ गते साझ ५ः०० बजे बसेको सञ्चालक समितिको २३४ औं बैठकले आर्थिक वर्ष २०७४ ७६ को सचित मुनाफाबाट शेयरधनीलार्इ उक्क्त बोनश शेयर तथा नगद लाभांश बितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो ।
विकास बैंकको १३औं बार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई बोनश शेयर वितरण गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस