aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

ऋणको ब्याजमा राष्ट्र बैंकको नयाँ निर्देशिका जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ कार्तिक २०७६
ऋणको ब्याजमा राष्ट्र बैंकको नयाँ निर्देशिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको ब्याजलाई नियन्त्रण गर्न नयाँ निर्देशिका जारी गरेको छ । शुक्रबार निर्देशिका जारी गर्दै ऋणको ब्याज दर स्थिर राख्न सक्ने बाटो खोलिदिएको हो। 

एक बर्षभन्दा बढि भुक्तानी अवधि भएको आवधिक प्रकृतिको ऋणमा स्थिर ब्याज दर कायम गर्न सकिने परिमार्जित नयाँ निर्देशिकामा उल्लेख  छ।  तर, नयाँ निर्देशिकाकाले ऋणीलाई  स्थिर ब्याज दर हुँदा तरलता अभाव भएपनि बढाउन पाइँदैन र तरलता बढि भएका बेला पनि ब्याज भने नघट्ने भएकाले बजारमा लरतलता बढी भएर ब्याज घटेको बेलामा भने ऋणीलाई घाटा हुने  छ। 

त्यस्तै उक्त निर्देशिकाले पहिलोपटक घर बनाउन चाहनेहरुले लिएको ऋणमा बैंकको ब्याजदर वृद्धि भए पनि तोकिएको किस्ता भन्दा बढी बुझाउन नपर्ने व्यबस्था गरेको छ ।  बैंकले घरभाडाबाट हुने आयलाई त्यसरी लिने ऋणको स्रोतको रुपमा देखाउन नपाइने व्यवस्था समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस