aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

राष्ट्र बैंकमा ‘कोतपर्व’को तयारी, आज को–को पर्दैछन् कोपभाजनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
राष्ट्र बैंकमा ‘कोतपर्व’को तयारी, आज को–को पर्दैछन् कोपभाजनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकस्मिक बैठक आज बस्दै छ । बैठकले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन गर्ने प्रबल सम्भावना रहेको छ ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सञ्चालक समितिको आज दिउँसो ४ बजे बैठक बस्दैछ ।  सञ्चालक समितिका सदस्यलाई पठाइएको बैठकको एजेन्डामा डेपुटी गभर्नर प्रकरण समावेश नभएको भए पनि विविध एजेन्डामा गभर्नर डा. चिरञ्जीवी नेपालले सो प्रकरण घुसाउन सक्ने बताइएको छ । आजको बोर्ड बैंठकमा मर्जर र बैंक वित्तीय संस्थाको नियमको विषयमात्र बोर्डको एजेन्डा भएको स्रोतले बतायो ।   नियमसम्बन्धी एजेन्डा राखेर बैठक बोलाइएको भए पनि विशेषगरी डेपुटी गभर्नर श्रेष्ठ प्रकरणमाथि बैठक केन्द्रित हुन सक्ने स्रोतको भनाइ छ । 

स्रोतका अनुसार डेपुटी गभर्नर  श्रेष्ठद्वारा भएको अनियमितताका सम्बन्धमा सञ्चालक समितिले छानविन समिति गठन गरेको खण्डमा उनी स्वतः निलम्बनमा पर्नेछन् । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । यसैबीच राष्ट्रमा देखिएको पछिल्ले तरङका विषयमा छलफल गर्न गभर्नरले अर्थमन्त्री डा. युवराज खतिवडालाई केही बेरमा भेट गर्ने तारतम्य मिलाउँदै छन् । 

अर्थ मन्त्रालय स्रोतका अनुसार यही मौका अर्थमन्त्रीले राष्ट्र बैंक सिंगो सञ्चालक समितिमाथि धावा बोल्नुपर्ने पक्षमा रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस