
काठमाडौं । चालू आवको पहिलो त्रैमासमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ५४ लाख ६४ हजार नाफा गरेको छ । कम्पनीले गत आवको सोही आवमा ४९ लाख ३९ हजार कमाएको थियो । कम्पनीले यस आवमा १६ लाख ७९ हजार खराब कर्जा संकलन गरेको छ ।
कम्पनीले गत आवको तुलनामा खुद व्याज आम्दानी ६८ प्रतिशत बढेर रू. १ करोड ९६ लाख पुगेको छ भने संचालन नाफा ११५ प्रतिशत बढेर रू.६७ लाख ८९ हजार पुगेको छ ।
हाल कम्पनीको चुक्ता पँुजी १० करोड ३५ लाख छ । गत आवमा पुँजी ७ करोड थियो । कम्पनीले आईपीओ निष्कासन गरेपछि पूँजी वृद्धि भएको हो ।
कम्पनीले गत आवको चुक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर करको लागि शून्य दशमलव ३६ प्रतिशत नगल लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको जगेडा कोषमा २ करोड २१ लाख छ । कम्पनीको निस्क्रिय कर्जा शून्य दशमलव ८२ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २१ दशमलव १२ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२१ दशमलव ४१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस