
काठमाडौं । चालू आवको पहिलो त्रैमासमा सानिमा बैंकको वितरणयोग्य नाफा २७ करोड ५४ लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार बैंकले कमाएको नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।
चालू आवको पहिलो तीनमा महिनामा बैंकले ५९ करोड ३६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तीन महिनामा बैंकले १ अर्ब १४ करोड खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा बैंकले ९५ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ भने ८३ अर्ब ५२ करोड कर्जा प्रवाह भएको छ । प्रतिशेयर आम्दानी २६ दशमलव ४७, मूल्य आम्दानी अनुपात ११ दशमलव ५२, तरलता अनुपात २३ दशमलव २५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ३२ दशमलव ८५ रुपैयाँ रहेको छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस