
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थले छैठौं वार्षिक साधारण सभा मंसिर १३ गते आयोजना गर्दैछ । कम्पनीले ६ प्रतिशत बोनस शेयर र करको लागि १० प्रतिशत नगद लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।
कम्पनीको लाभांश कात्तिक २८ गतेसम्म कायम शेयरधनीहरुले पाउने छन् । कम्पनीको चुक्ता पूँजी ६३ करोड ३५ लाख १२ हजारबाट वृद्धि गरी ६७ करोड १५ लाख २२ हजार पु¥याउने विशेष प्रस्ताव राखेको छ ।
प्रतिक्रिया दिनुहोस