
प्रभु बैंकले विभिन्न नाकामा रहेका भन्सारमा काउण्टर खोली बैंकिड.कारोवार शुरु गर्न नेपाल सरकारसँग सम्झौता भएको छ । हाल ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिड. सेवाहरु गर्ने सम्बन्धी सम्झौतामा भएको हो । विहिबार भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर सम्पन्न भएको छ ।
रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर÷जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाख देखि बैंकको काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ ।
नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट भारतसंगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा वृद्धि हुनजाने बिश्वास लिईएको छ ।
प्रतिक्रिया दिनुहोस