aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बन, तीन सदस्यीय छानविन समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बन, तीन सदस्यीय छानविन समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । राष्ट्र बैंकको सञ्चालक समितिले उनीमाथि छानविन गर्न तीन सदस्यीय समिति गठन गरेपछि डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्वनमा परेका हुन् । 

समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ । समितिको प्रतिवेदनमाथि मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनी बर्खास्तीमा पर्ने नपर्ने निर्णय हुनेछ । आज विहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य डा. श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकद्वय रामजी रेग्मी र डा. सुवोधकुमार कर्ण सदस्य रहने गरी समिति बनाएको हो। आइतबार बसेको बैठकमा मत बाझिएपछि सोमबार पुनः बैठक बसेको हो । 

उनीमाथि एनसेलको लाभांश, व्यापारी अजेयराज सुमार्गीको रकम फकुवालगायत समस्याग्रस्त वित्तीय संस्थामा चलखेललगायतका आरोप लगाइएको छ । साथसाथै राजनीतिक प्रतिशोध पनि साधिएको स्रोतले बतायो ।   

स्रोतका अनुसार डेपुटी गभर्नरले विभिन्न बैंक तथा वित्तीय सस्थाहरुसँगको मिलेमतोमा उनीहरुको खराब रिपोर्टलाई साथ दिएको बताएको छ । तर, एनसेल र आजय राज सुमार्गीको केशमा भने श्रेष्ठले मात्र गर्न नसक्ने स्रोतले बताएको छ । 

राष्ट्र बैंकमा ‘कोतपर्व’को तयारी, आज को–को पर्दैछन् कोपभाजनमा

प्रतिक्रिया दिनुहोस