aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

ग्लोबल आइएमई लघुवित्तले बम्पर लाभांश दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
ग्लोबल आइएमई लघुवित्तले बम्पर लाभांश दिँदै

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले सातौ वार्षिक साधारण सभा मंसिर ९ गते बोलाएको छ । कम्पनीको कात्तिक १७ गतेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सभामा प्रस्तावित ३५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव ८४ प्रतिशत नगद लाभांश सहित वार्षिक प्रतिवेदन पारित, लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने कार्यक्रम छ । साथै सञ्चालक समितिले सिफारिस गरे बमोजिम १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावमाथि पनि सभामा छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते बुक क्लोज गर्ने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस