
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर प्रतिकित्ता २७५ रुपैयाँमा लिलामीमा आएको छ ।
बैंकको २९ हजार ३८० कित्ता संस्थापक सेयर न्युनतम २७५ तोकी बढाबढ मूल्यमा बिक्रीमा राखिएको हो । यस सेयरको अंकित मूल्य भने प्रतिकित्ता १०० रुपैयाँ मात्र हो ।
इच्छुक लगानीकर्ताले न्युनतम ३ हजार कित्ता र अधिकृत सबै सेयरको लागि आवेदन गर्न सक्ने बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । सबै सेयर किन्नको लागि कम्तिमा ८१ लाख रुपैयाँ लगानी गर्नुपर्नेछ ।
हाल यस बैंकको पब्लिक सेयर प्रतिकित्ता ४४० रुपैयाँमा कारोबार भईरहेको छ । सामान्यतया साधारण सेयर भन्दा संस्थापक सेयरको मूल्य ४० देखि ५० प्रतिशत कम मूल्यमा कारोबार हुने गरेको छ ।
बैंकका संस्थापक राजभण्डारी परिवारले आफ्नो स्वामित्वको सेयर बिक्री गर्न लागेको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस