aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

सनराइज बैंकद्वारा नगद लाभांश खातामा पठाउन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
सनराइज बैंकद्वारा नगद लाभांश खातामा पठाउन शुरु

काठमाडौं । सनराइज बैंकले ५ दशमलव ८ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन शुरु गरेको छ । बैंकले कात्तिक १७ गतेदेखि आइपीएस प्रणालीमार्फत नगद लाभांश वापतको रकम शेयरधनीको बैंक खातामै पठाउन शुरु गरेको हो । 
हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीले नेपाल क्लियरिङ हाउसको आइपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस