
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापकतर्फको २९ हजार ३८० कित्ता शेयर बिक्रीमा आउने भएको छ । बैंकले कात्तिक २१ गतेदेखि २८ गतेसम्म उक्त शेयर बिक्रीमा ल्याउने भएको हो ।
उक्त शेयर खरिदका प्रतिकित्ता के कति दरमा लिन कबुल गर्ने हो खुलाई गोप्य शिलबन्दी आवेदन पेश गर्न बैंकले सूचना जारी गरेको छ ।
आवेदन फारम ५०० भुक्तानी गरी एनआईबीएल एस क्यापिटल बाट प्राप्त गर्न सकिनेछ । शेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम ३००० कित्ताका लागि आवेदन गर्न सकिनेछ भने अधिकतमका लागि कुनै हद तोकिएको छैन ।
शेयरको प्रतिशेयर मूल्य २७५ तोकिएको हँुदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकहरुले आवेदनमा हितग्राही खाता नम्बर र बैंक खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । प्राप्त आवेदन मंसिर २ गते खुल्नेछ ।
प्रतिक्रिया दिनुहोस