aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

महुली लघुवित्तको चुक्ता पुँजी वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
महुली लघुवित्तको चुक्ता पुँजी वृद्धि

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको चुक्तापूँजी १०४ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको चुक्तापुँजी  १२ करोड २४ लाख पुगेको हो । यो रकम गत वर्षको यसै अवधिमा रू. ६ करोड रहेको थियो । 

हकप्रद र बोनस शेयर मार्फत कम्पनीले चुक्तापूँजी बढाएको हो । गत वर्ष  १४ लाख ९४ हजार खराब कर्जा उठाएको यस कम्पनीले यस वर्ष  ६ लाख २९ हजार मात्र उठाएको छ । कम्पनीले रू. ९३ करोड ९० लाख ३० हजार निक्षेप संकलन गरी रू. २ अर्ब ७७ करोड ५४ लाख १२ हजार कर्जा प्रवाह गरेको छ । पहिलो त्रैमासमा गत वर्षभन्दा निक्षेप संकलन २५ प्रतिशत र कर्जा प्रवाह ६९ प्रतिशत बढी भएको हो ।

सञ्चालन नाफा गत वर्षभन्दा ६ प्रतिशत बढी  १ करोड ३२ लाख ५३ हजार भएको छ भने खुद नाफा गत वर्षभन्दा यस वर्ष करिब ३ प्रतिशतले कम रू. ८३ लाख १२ हजार भएको छ ।जगेडा कोष यस वर्ष १० दशमलव ७० प्रतिशत बृद्धि भई रू. १८ करोड ६ लाख २५ हजार कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. २७ दशमलव १६ रहेको छ । 

प्रतिक्रिया दिनुहोस