aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

ग्लोबल आइएमई बैंकको नाफा ४० प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ कार्तिक २०७६
ग्लोबल आइएमई बैंकको नाफा ४० प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा ४० प्रतिशतवे वृद्धि भएको छ । बैंकले सो अवधिमा ७५ करोड ३१ लाख नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकको नाफा  ५३ करोड ५८ लाख थियो । 
बैंकको वितरणयोग्य नाफा  २१ करोड ११ लाख रहेको छ । गत आवको नाफाबाट बैंकले शेयरधनीलाई १२ दशलव ७५ प्रतिशत बोनस शेयर र १२ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । चालू आवको तीन महिनामा बैंकले १ अर्ब ५६ करोड खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा  १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस