
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको नाफा गत आवको तुलनामा ४ प्रतिशत मात्रै वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा ८ करोड ४ लाख नाफा कमाएको कम्पनीले चालू आवको पहिलो त्रैमासमा ८ करोड ३७ लाखमात्रै नाफा कमाएको छ । कम्पनीले ९७ हजार खराब कर्जा संकलन गरेको छ भने १३ करोड १५ लाख संचालन नाफा गरेको छ । यस त्रैमासमा २२ करोड १८ लाख आम्दानी गरेको छ ।
कम्पनीको चुक्ता पँुजी गत आवको तुलनामा २५ प्रतिशत वृद्धि भई ३० करोडबाट ३७ करोड ७६ लाख पुगेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी बढ्न पुगेको हो । कम्पनीले जगेडा कोषमा ९५ करोड ४५ लाख जम्मा गरेको छ । कम्पनीले चालू आवको पहिलो तीन महिनामा ४ अर्ब ८७ करोड निक्षेप संकलन गरेको छ । कर्जा प्रवाह रू. १० अर्ब ११ करोड गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८८ दशमलव ७३ र प्रतिशेयर नेटवर्थ ३५२ दशमलव ७४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस