aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

एनआईसी एशिया बैंकले यूनियन पे इन्टरनेशनलसँगको सहकार्यमा भर्चुअल कार्ड जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ कार्तिक २०७६
एनआईसी एशिया बैंकले यूनियन पे इन्टरनेशनलसँगको सहकार्यमा भर्चुअल कार्ड जारी गर्ने

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले यूनियन पे इन्टरनेशनलको सहकार्यमा एनआईसी एशिया यूनियन पे भर्चुअल कार्डको प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र यूनियन पे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा यूनियन पे भर्चुअल कार्डको शुरु गरीएको हो । 

उक्त कार्यक्रममा यूनियन पे इन्टरनेशनल र एन आई सी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासँग एकिकृत गरी छिट्टै ग्राहकहरु सामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ । 

नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ । 

यूनियन पे इन्टरनेशनलले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस