aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
गुडविल फाइनान्सले कमायो ३ करोड १४ लाख

गुडविल फाइनान्सले कमायो ३ करोड १४ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० बैशाख २०७६
गुडविल फाइनान्सले कमायो ३ करोड १४ लाख

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैतसम्ममा ३ करोड १४ लाख ७२ हजार रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो फाइनान्सको यस्तो नाफा गत आवको सोही अवधिमा २ करोड ७० लाख ९६ हजार रुपैयाँ थियो । 

यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ भने जगेडा कोषमा १५ करोड ६१ लाख रुपैयाँ छ । ६ अर्ब ९१ करोड रुपैयाँ चालू आवसम्ममा संकलन गरेको यो फाइनान्सले सोही अवधिसम्ममा ५ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसले लिएको सापटी रकम ३२ करोड १८ लाख रुपैयाँ छ । यसले यस अवधिसम्ममा गरेको व्याज आम्दानी ६१ करोड ६८ लाख र यस वापत व्याज भुक्तानीमा गरेको खर्च ४५ करोड ४९ लाख रुपैयाँ छ । यसबाट फाइनान्सले गरेको खुँद व्याज आम्दानी १६ करोड ३६ लाख रुपैयाँ छ ।

यसको खराब कर्जा अनुपात १ प्रतिशत, पुजीकोष ९.८५ प्रतिशत र आधार व्याजदर १२.६८ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी बार्षिक ५ रुपैयाँ २५ पैसा रहेको यो फाइनान्सको प्रति शेयर नेटवर्थ भने ११९ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस