
काठमाडौं । सञ्चालनमा २८ वाणिज्य बैंकमध्ये १७ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये केहीले बार्षिक साधारण सभा गरेर धमाधम शेयरधनीको खातामा रकम पठाइरहेका छन् । केही बैंकले भने वार्षिक साधारण सभा गर्दै छन् ।
अहिले पनि ११ वटा वाणिज्य बैंकले लाभांश घोषणा घोषणा गरेका छैनन् र लाभांश घोषणा गर्ने तयारीमा रहेको छन् । कुमारी बैंक, एनआईसी एसिया, सिटिजन्स, सिद्धार्थ, सानिमागायतका बैंकले वार्षिक साधारणसभा गरेर शेयरधनीलाई लाभांश वितरण गरिसकेका छन् ।
धेरै नाफा कमाउनेसहित अझै ११ वटा वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकी छन् । पुराना बैंकहरु एकले अर्कोले लाभांश घोषणा कति र कसरी (नगद वा बोनस) वितरण गर्छ त्यसैको आधारमा आफूहरुले पनि लाभांश घोषणा गर्नु पर्ला भन्ने प्रतीक्षामा छन् । त्यसैले लाभांश वितरणमा ढिलाई भएको एक बैंकरले बताए ।
पुस मसान्तभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने भएकाले लाभांश घोषणा गर्न बाँकी वाणिज्य बैंकले पनि केही दिनभित्रै लाभांश घोषणा गर्ने तयारीमा गरिरहेका छन् । एउटाले घोषणा गर्न साथ अर्कोले पनि त्यहीअनुसार लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याएपछि नगद लाभांशसँगै बोनस शेयर पनि दिइरहेका छन् । चुक्ता पुँजी ८ अर्ब पुर्याउनुपर्ने बाध्यता हुँदासम्म बोनस शेयर वितरण गर्दै आएका बैंकहरुले यसपाटकदेखि नगदसँगै केही मात्रमा बोनस शेयर दिएका छन् ।
अहिलेसम्म लाभांश घोषणा गरेको १७ वाणिज्य बैंकमध्ये धेरैजसोले नगद बढी र बोनस कम वितरण गर्दै छन् । मेगा बैंक र स्टान्डर्ड चार्टर्डले यसपटक नगद लाभांश मात्र वितरण गर्दैछन् । ती बैंकले यस वर्ष बोनस शेयर दिएनन् । गत वर्षभन्दा यो वर्ष बढाएर धमाधम लाभांश वितरण गर्ने घोषणा गरिरहेका छन् । अधिकांश बैंकले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा नाफा बढी कमाएका कारण लाभांश दर पनि बढाएका हुन् ।
लाभांश घोषणा गर्न बाँकी बैंकले पनि सञ्चालक समितिमा लाभांश कति दिने भन्ने बारेमा छलफल गर्न थालेका छन् । बैंकहरूबीच लाभांश कसले बढी वितरण गर्ने भन्ने प्रतिस्पर्धा छ । लाभांश घोषणा गर्न बाँकी बैंकलाई लाभांश बढी वितरण गर्न दवाव सिर्जना भएको छ । घोषणा गर्न बाँकी वाणिज्य बैंकले आर्थिक वर्ष २०७४/०७५ मा बाडेको लाभांशभन्दा आर्थिक वर्ष २०७५/०७६ मा बाड्ने लाभांश बढाउने अनुमान गर्न गरिएको छ ।प्रत्येक बैंकले चुक्ता पुँजी बढाएकाले बैंकको लगानी बढेको र त्यसबाट आम्दानी पनि बढेको हुनाले गत आवमा बैंकको नाफा बढेको बैंकरको भनाइ छ । नाफा बढेका कारण गत वर्ष वितरण गरेभन्दा बढी लाभांश वितरण गरिरहेका छन् ।
बैंक बोनस शेयर नगद लभांश
एनआईसी एसिया बैंक १० ११.०५
सानिमा बैंक १० ११.०५
बैंक अफ काठमाण्डू ६ ११
माछापुच्छ्रे बैंक ५ ११
सिटिजन्स बैंक ३ १२
कुमारी बैंक १० ०.५२
ग्लोबल आइएमई बैंक १२.७५ १२.७५
नेपाल एसबीआई बैंक ६ १०.८४
मेगा बैंक नेपाल (बोनस छैन) ११.७५
जनता बैंक नेपाल ६ ६
सनराइज बैंक १० ५.८
सिद्धार्थ बैंक १० १५.२६
प्रभु बैंक १६ ०.८४
नबिल बैंक १२ २२
नेपाल बंगालादेश ५ ७
लक्ष्मी बैंक १० ५
स्टान्डर्ड चार्टर्ड (बोनस छैन) २२.५०
प्रतिक्रिया दिनुहोस