aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
नेरुडे लघुवित्तले ११३ प्रतिशतले नाफा बढायो, लघुवित्तले कमायो ७ करोड ९७ लाख

नेरुडे लघुवित्तले ११३ प्रतिशतले नाफा बढायो, लघुवित्तले कमायो ७ करोड ९७ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० बैशाख २०७६
नेरुडे लघुवित्तले ११३ प्रतिशतले नाफा बढायो, लघुवित्तले कमायो ७ करोड ९७ लाख

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडल चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा ७ करोड ९७ लाख ४७ हजार रुपैयाँले खुँद नाफा कमाएको छ । यो लघुवित्तको यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा ११३.८१ प्रतिशतले बढी हो ।

यो आवमा यसको नाफा ४ करोड २४ लाख ५० हजार रुपैयाँले बृद्धि भएको छ । गत वर्ष यस्तो नाफा ३ करोड ७२ लाख ९२ हजार रुपैयाँ मात्रै भएको लघुवित्तले सार्वजनिक गरेको एक वित्तीय विवरणमा उल्लेख छ । 

यो लघुवित्तको चुक्ता पुँजी ३४ करोड ५७ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा ४५ करोड ४७ लाख रहेको छ । यसले १ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४ अर्ब ७८ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसले सापटीवापत लिएको रकम २ अर्ब १७ करोड रहेको छ । खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ ।

यो वित्तीय संस्थाले व्याजवापत ५७ करोड ५८ लाख संकलन गरेर २९ करोड ७० लाख व्याज भुक्तानी दिएर खुँद व्याज आम्दानी २७ करोड ८७ लाख रुपैयाँ कमाएको छ । यसको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७५ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २३१ रुपैयाँ ५२ पैसा छ । 

प्रतिक्रिया दिनुहोस