aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नयाँ नेपाल लघुवित्तको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
नयाँ नेपाल लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले गत आवको सञ्चित नाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी ११औं वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस