aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिभिल बैंकले यसपटक पनि नगद लाभांशमात्रै दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
सिभिल बैंकले यसपटक पनि नगद लाभांशमात्रै दिने

काठमाडौं । सिभिल बैंकले शेयरधनीलाई नगद लाभांश मात्रै दिने भएको छ । सिभिल बैंकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीलाई नगद लाभांश मात्र दिने भएको हो । बैंकको कात्तिक २० गतेको सञ्चालक समितिको निर्णयअनुसार हाल कायम चुक्तापुँजीको आधारमा ६ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
 प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक  साधारण सभाले अनुमोदन  गरेपश्चात लगानीकर्ता ले प्राप्त गर्न सक्नेछन् । यस बैंकले गत वर्ष पनि ४ दशमलव ०५ प्रतिशत नगद लाभांश मात्रै दिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस