
काठमाडौं । प्रभु बैंकको १० वर्षे अवधिको चार लाख कित्ता ऋणपत्र कात्तिक २१ गते बिहीबारदेखि सर्वसाधारण समक्ष बिक्रीमा ल्याएको छ । कुल १० लाख कित्तामध्ये सर्वसाधारणका लागि चार लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो ।
बाँकी ६ लाख कित्ताभने बैंंक आफैले विभिन्न संघसस्थालाई विक्री गर्नेछ । वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा बैंकले २०८६ सम्मको लागि यो ऋणपत्र बिक्रीमा ल्याएको हो ।
प्रतिकित्ता ऋणपत्र १ हजार रुपैयाँ तोकिएको यो ऋणपत्र छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर २० गतेसम्म बिक्रीमा रहनेछ । बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम चार लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस