aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा नालामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० बैशाख २०७६
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा नालामा

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो २९ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा शुरू गरेको छ । 

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले एक समारोहका बीच गरे  । सो अवसरमा बनेपा महानगरपालिकाका अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत  रत्न राज बज्राचार्यका साथै बैंकका अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि श्री अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भतmपुर शाखाका प्रवन्धक भिम नारायण श्रेष्ठले हस्तान्तरण गरे ।

 उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।  

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २९ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस