aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जानकी फाइनान्सले पुरानो बाँकी लाभांश लिन बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
जानकी फाइनान्सले पुरानो बाँकी लाभांश लिन बोलायो

काठमाडौ । जानकी फाइनान्सको आर्थिक वर्ष २०७०/७१ मा दिएको लाभांंश रकम मध्य केही रकम लगानीकर्ताहरुले बुझिलिन बाँकी रहेको जानकारी दिएको छ । कम्पनीले सूचना जारी गरी उक्त वर्षको १ लाख ७९ हजार १६१ लाभांश हालसम्म पनि बुझ्न लगानीकर्ता नआएको जानकारी दिएको हो । 

प्र्रचलित कानुन बमोजिम पाँच वर्षसम्म लाभांश नबुझे सो रकम लगानीकर्ता हित संरक्षण कोषमा जम्मा हुने कम्पनीको भनाई छ । यसर्थ  यथासिघ्र शेयर रजिष्ट्रार सन्राइज क्यापिटल वा आफ्नो हितग्राही खाता रहेको क्यापिटलमा गई बैंक खाता विवरण अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ । साथै हालसम्म ंशेयरप्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई गराउन समेत कम्पनीले भनेको उछ ।

प्रतिक्रिया दिनुहोस