aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

वोमी लघुवित्तको संस्थापक हकप्रद शेयर दोस्र्रो पटक लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
वोमी लघुवित्तको संस्थापक हकप्रद शेयर दोस्र्रो पटक लिलामीमा

काठमाडौं । वोमी लघुवित्तले बिहीबारदेखि संस्थापक तर्फको अवितरित हकप्रद शेयर दोस्रोपटक लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा लिलामीमा बिक्री खुला गर्दा पनि वितरण हुन नसकेको  संस्थापक तर्फको ६२ हजार १८३ दशमलव ८० कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । 
प्रतिकित्ता रू. १०० तोकिएको यस हकप्रद शेयरमा सो भन्दा बढी मूल्य अंकित गरी कात्तिक २८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन दिँदा न्यूनतम १००० कित्ता  र अधिकतम सम्पूर्ण कित्ताका लागि दिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस