aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
स्वाबलम्बन लघुवित्तको नाफा २८ करोड, लघुवित्तले बढायो ५ करोड नाफा

स्वाबलम्बन लघुवित्तको नाफा २८ करोड, लघुवित्तले बढायो ५ करोड नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० बैशाख २०७६
स्वाबलम्बन लघुवित्तको नाफा २८ करोड, लघुवित्तले बढायो ५ करोड नाफा

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडल चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा २८ करोड ५५ लाख रुपैयाँले खुँद नाफा कमाएको छ । यो लघुवित्तको यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा  करिब ५ करोड रुपैयाँले बढाएको छ ।

गत आवको सोही अवधिमा यसाले २३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  यो लघुवित्तको चुक्ता पुँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ९८ करोड ७९ लाख रहेको छ । 

यो अवधिसम्ममा यस वित्तीय संस्थाले ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १३ अर्ब रुपैयाँ कर्जा सापटी दिएको छ । यसले सापटीवापत लिएको रकम ५ अर्ब ११ करोड रहेको छ । यसको खराब कर्जा अनुपात ०.९२ प्रतिशत छ ।

यो वित्तीय संस्थाले व्याजवापत १ अर्ब ४९ करोड संकलन गरेर ७२ करोड ४८ लाख व्याज भुक्तानी दिएको छ । यसबाट वित्तीय संस्थाले खुँद व्याज आम्दानी ७६ करोड ९० लाख रुपैयाँ कमाएको छ । यसको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २७५ रुपैयाँ १० पैसा छ । 

प्रतिक्रिया दिनुहोस