
काठमाडौं । सनराइज बैंकले आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३७.०६% ले बढी हो ।
गत वर्ष यसैअवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १५ करोड ८३ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३३.९१% र ३५.३९% ले बढेको छ । यसले पनि खुद नाफा बढ्न सहयोग पुगेको हो । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २९ पैसा पुगेको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ६ रुपैयाँ ०३ पैसाले बढी हो । बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ७८ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस