
काठमाडौं । चालू आवको पहिलो त्रैमासमा नेपाल बैंकको नाफा ३६ दशमलव ३३ प्रतिशतले घटेर ५८ करोड १८ लाखमा सीमित भएको छ । बैंकले गत आवको पहिलो त्रैमासमा ९१ करोड ३८ लाख नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य नाफा ६ करोड ५६ लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार बैंकले खुद मुनाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।
चुक्ता पुँजी ९ अर्ब ८१ करोड छ । रिर्जभ कोषमा रू. १३ अर्ब २५ करोड छुट्याएको छ । पहिलो त्रैमासमा बैंकले १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेको छ भने ९२ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ । सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड खुद ब्याज आम्दानी गरेको हो । प्रतिशेयर आम्दानी २३ दशमलव ७२,मूल्य आम्दानी अनुपात १४ दशमलव ५४ टाइम्स र प्रतिशेयर नेटवर्थ २ सय ९९ दशमलव ८१ छ ।
प्रतिक्रिया दिनुहोस