aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकका १० लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकका १० लाख सहयोग

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई रु. १० लाख आर्थिक सहयोग गरेको छ । 

शुक्रबार एक समारोहका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रा. डा. प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रुपमा ६ बर्ष अगाडी स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । 

क्याम्पसमा हाल छात्र÷छात्रा गरी १०४ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । व्यवस्थापन समिति अध्यक्ष प्रा. डा. हमालको अनुसार हाल नक्साल स्थित बालमन्दिरमा शिक्षा शास्त्र संकायको बि.एड. कक्षा संचालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरि ब्यबस्थापनको पढाई समेत संचालन गर्ने योजना बनाएको छ ।   
 

प्रतिक्रिया दिनुहोस