काठमाडौं । लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारकालागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुखकार्यकारी अधिकृत रिता गुरुङ्गले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वकार्यक्रमअन्तर्गत आर्थिक रुपले विपन्न पृष्ठभुमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारकालागिरु ५ लाख बराबरको आर्थिक सहयोग प्रदानगर्ने जनाएको छ ।
रटिनोब्लाष्टोमाआँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाकक्यान्सर हो जुन सामान्यतयानवजातशिशु र पाँचवर्षसम्मकाबालबालिकामा देखा पर्दछ । विश्वभर १५००० नवजातशिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ ।
यो रोग समयमापत्तालागेमाज्यानमात्रहोइनआँखा र दृष्टि पनिबचाउन सकिने प्रविधिहरुको विकास भएको छ । नेपालमातिलगंगाआँखा अस्पतालले केमोथेरापि, लेजर थेरापि, प्लेग ब्राकिथेरापि, शल्यक्रियालगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ ।
सुस्वास्थ्य सम्बन्धीदिगो विकास लक्ष्यप्राप्तिमा सहयोग पु¥याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारकालागि यो आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस