
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको प्रस्तावित लाभांश पाउन कात्तिक २४ गते आइतबारसम्म शेयर कायम गर्नुपर्नेछ । कम्पनीले यस वर्ष शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर ९ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा र लाभांशका लागि कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्नेभएकाले कात्तिक २४ गतेसम्म शेयर कायम गर्र्नुपर्ने भएको हो ।
सभाले शतप्रतिशत हकप्रद जारी गर्ने र अन्य कुनै लघुवित्त कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ती प्रयोजनका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ११ करोड ४ लाख ५७ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस